२६ जेठ २०८३, मंगलबार

गुण्डा नाइके दावा लामाका सहयोगी ५० लाख ठगी गरेको आरोपमा पक्राउ

असार ६, २०८०
काठमाडौं
गुण्डा नाइके दावा लामाका सहयोगी ५० लाख ठगी गरेको आरोपमा पक्राउ

गुण्डा नाइके दावा लामाका सहयोगी विरेन कुँवरसहित ४ जना ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार कुँवरलाई आज (बुधवार) जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा पक्राउ गरिएको हो ।स्रोतका अनुसार कुँवर गुण्डा नाइके दावा लामाका सहयोगी हुन् ।

ठगी गरेको आरोपमा प्रहरीले निर्मल कुश्वार (माझी) उर्फ जोया, अमितकुमार प्याकुरेल र जगदिश राणालाई पनि पक्राउ गरेको छ । कुश्वार, प्याकुरेल र राणा भने काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनीहरू चारै जनाविरुद्ध यही असार ४ गते काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको थियो ।

पोर्चुगलको कृषि फार्ममा काम लगाइदिने भन्दै उनीहरूले प्रति व्यक्ति १२ लाख रुपैयाँका दरले ५० लाख २५ हजार रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख छ । मुक्तिनाथ विकास बैंकमा अमित प्याकुरेलको नाममा रहेको बैंक खातामा १२ पटक पैसा पठाएको जाहेरीमा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्