मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
काठमाडाैं | असार ६, २०८०
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जनशक्तिको अभावमा राहदानी वितरण र मन्त्रालयको काम प्रभावित भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवार बसेको बैठकमा मन्त्री साउदले मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी संख्या कम हुँदा सेवा प्रभावित हुँदै आएको बताए ।
‘यस मन्त्रालयको देशभित्र र बाहिरको संरचनाको जनशक्ति २८३ जना मात्र छ,’ उनले भने, ‘कहीँ अत्याधुनिक प्रविधि ल्याएका छौं तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहुँदा जनतालाई व्यवस्थित तरिकाले सेवा दिन सकिरहेका छैनौं ।’
‘राहदानीको व्यवस्थापनसहित मन्त्रालयका कामकारबाहीबारे परराष्ट्र मन्त्रालयसँग छलफल’ कार्यसूचीको बैठकमा उनले राहदानी बनाउन लाग्ने समय र प्रक्रियाबारे जनतालाई स्पष्ट पार्न नसक्दा गुनासो बढेको बताए ।
उनले राहदानी सरकारलाई सरकारमार्फत (जीटुजी) खरिद गर्न समयको अभाव भएको भन्दै ‘भेरियसन’ मार्फत खरिद गर्न तयारी रहेको जानकारी दिए । ‘मैले एक देशको राजदूतावासमार्फत् पासपोर्ट जीटुजी ‘सप्लाइ’ गर्न सकिन्छ कि भन्ने छलफल गर्दा ४ महिनाभित्र गर्न सकिन्न भन्ने कुरा आयो,’ उनले भने, ‘त्यसैले भेरियसनमा जानुपर्ने अवस्था छ ।’
उनले ६६ पेजको छापिएको ४ लाख राहदानीमा २ वर्षको अवधिमा जम्मा ५ हजार मात्र वितरण भएको बताउँदै यसप्रतिको आकर्षण कम भएकाले मूल्य ५ हजार कायम गरेको स्पष्ट पारेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...