३१ जेठ २०८३, आइतबार

योजना आयोगले लियो १६औँ योजनाका लागि विज्ञसँग सुझाव

असार ६, २०८०
काठमाडौं
योजना आयोगले लियो १६औँ योजनाका लागि विज्ञसँग सुझाव

काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य तथा विज्ञहरूसँग सुझाव लिएको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१÷८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । १६ औँ योजना कस्तो बनाउनु पर्छ ? भन्ने विषयमा बुधवार काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले आफ्ना पूर्व उपाध्यक्ष तथा विज्ञहरूसँग सुझाव लिएको हो । 

कार्यक्रममा अर्थमन्त्री समेत भइसकेका आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर समेत रहेका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री, पूर्व उपाध्यक्षहरू डा. पृथ्वीराज लिगल, डा. जगदिस चन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा थिए । आयोगका पूर्व सदस्य तथा अर्थविद् डा. चन्द्रकान्त पौडेल, डा. जनकराज शाह, डा. गोविन्द नेपाल साथै त्रिभुवन विश्व विद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डिन डा. कुसुम शाक्य र अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारी लगायत उपस्थित थिए । 

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकांक्षाका साथ सोह्रौँ योजनाको तयारी सुरु गरेको जानकारी दिए । अर्थतन्त्रमा रहेका चुनौतीहरूको सामना गर्दै सोह्रौँ योजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै उपाध्यक्ष श्रेष्ठले विज्ञहरूको सुझाव लिएर काम अघि बढाइने बताए । आयोगले बुधवार पहिलो चरणको छलफल गरेको हो । यो छलफल शुक्रबारसम्म जारी रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्