२९ जेठ २०८३, शुक्रबार

फूटबलमा नेपाल कुबेतसँग पराजित

असार ६, २०८०
काठमाडौं
फूटबलमा नेपाल कुबेतसँग पराजित

दक्षिण एशियाली फूटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औं पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

भारतको काँतीराव स्टेडियममा बुधवार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग १–३ गोल अन्तरले पराजित भएको हो ।

कुवेतको जीतमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले १/१ गोल गरे ।

नेपालका लागि भने अन्जन विष्टले १ गोल फर्काए । खेलको २३औं मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई शुरूआती अग्रता दिलाएका थिए । खेलको ४२औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए ।

खेलको ६५औं मिनेटमा मोहमदले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्सभित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको हो ।

त्यसपछि खेलको ६८औं मिनेटमा नेपालका खेलाडी अन्जनले गोल गरे पनि नेपाल पराजित भयो । यस जीतसँगै कुवेतले ३ अंक जोडेको छ । साफ च्याम्पियनसिपमा विभिन्न ८ राष्ट्रको सहभागिता रहेको छ । जसमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान र माल्दिभ्स छन् ।

अब नेपालले दोस्रो खेल शनिवार आयोजक भारतसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्