२६ जेठ २०८३, मंगलबार

छत्तीसगढमा आतंककारीले गरे बीजेपी नेताको हत्या

असार ७, २०८०
काठमाडौं
छत्तीसगढमा आतंककारीले गरे बीजेपी नेताको हत्या
प्रतिकात्मक तस्वीर

भारतको छत्तीसगढमा आतंककारीले भारतीय जनता पार्टी (बीजेपी) नेता काका अर्जुनको हत्या गरेको छ ।

हत्या गरेपछि आतंककारीले उनको शवलाई सडकमा छाडेका थिए । उनको शरीरमा चेतावनीयुक्त पत्र पनि लेखेर छाडिएको छ ।

पत्रमा लेखिएको छ, ‘हाम्रो चेतावनीलाई नजरअन्दाज गरेकाले काका अर्जुनलाई मारिएको हो, उनी सक्रिय रूपमा राजनीति गरिरहेका थिए ।’

बीजेपी छत्तीसगढका महासचिव ओपी चौधरीले हत्याको निन्दा गर्दै घटनालाई राजनीतिक हत्याको संज्ञा दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्