०९ असार २०८३, मंगलबार

म्यान्मारमा रोहिंग्याका अलावा हिन्दू पनि लखेटिए

कात्तिक २०, २०७४
म्यान्मारमा रोहिंग्याका अलावा हिन्दू पनि लखेटिए

काठमाडौं, २५ भदौ — म्यान्मारमा चलिरहेको हिंसाका कारण रोहिंग्या मुसलमानहरू छिमेकी मुलुक बंगलादेशतर्फ भाग्न बाध्य भएका छन् । तर रोहिंग्याहरू मात्र समस्यामा परेका हैनन् ।


पाँच सयभन्दा बढी हिन्दूहरू पनि म्यान्मारको तनावग्रस्त क्षेत्रबाट बंगलादेश पुगेका छन् ।

भदौ ९ गते म्यान्मारको राखिने राज्यमा दर्जनौं प्रहरी चौकी र एक सैनिक छाउनीमा रोहिंग्या विद्रोहीहरूले आक्रमण गरेपनि रक्ताम्मे हिंसा चर्केको छ । चार सयभन्दा बढी मानिस मारिइसकेका छन् ।

हिन्दू बौद्ध क्रिस्चियन ओइक्य परिषद्को एक प्रतिनिधिमण्डलले बंगलादेशको उखिया कुटुपालोङ क्षेत्रमा शरणार्थी हिन्दू परिवारको खैखबर गरेका थिए ।

‘यो नरसंहार हो चाहे जोसुकैले गरेको होस्,’ ओइक्य परिषद्का महासचिव राणा दासगुप्ताले बताए ।

राखिनेमा मारिने मानिसहरूमा ८६ जना हिन्दू पनि परेका छन् । उनीहरूको घरमा आगो लगाइएको अनि लूटपाट गरिएको राणाले बताए ।

राखिनेका हिन्दू रमानी शीलले आफ्नो परिवार मौङदअको चिकोनछार्ही गाउँमा पुस्तौंपुस्तादेखि बसिरहेको बताए ।

‘करीब २० जना मुकुण्डोधारी मानिसहरूले धारिलो हतियारले आक्रमण गरेर धेरैजनालाई मारिदिए ।

आक्रमणकारीहरूले त्यसपछि गाउँका घर जलाइदिएका थिए,’ उनले भने ।

आक्रमणपछि आत्तिएका उनी पत्नी र पाँच बालबालिका सहित कुटुपालोङतर्फ भागेका थिए । त्यहाँ दर्ता नगरिएको एक रोहिंग्या शरणार्थी शिविर छ ।

असी वर्षीय कालो शील मौङदअको धेन्कीबुनीया गाउँमा बस्थे । उनका अनुसार पछिल्लो हिंसाको पहिलो दिनमै तीनजना हिन्दूलाई धारिलो हतियार हानेर मारिएको थियो । उनी आफ्ना परिवारका सातजना सहित बंगलादेशतर्फ भागे ।

राणा दासगुप्ताले विस्थापित व्यक्तिहरूलाई घर फर्किने वातावरण बनाउनका लागि म्यान्मार सरकारसमक्ष माग गरेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्