२४ असार २०८३, बुधबार

‘नमस्ते पे’ को बम्पर अफर : ल्याप्टप र स्कुटर जित्ने मौका

असार ७, २०८०
काठमाडौं
‘नमस्ते पे’ को बम्पर अफर : ल्याप्टप र स्कुटर जित्ने मौका
फाइल फोटो

‘नमस्ते पे’ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरूका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । असार ४ गतेदेखि शुरु भएको अभियान अन्तर्गत बम्पर अफरको रूपमा दुई जना भाग्यशाली विजेताहरूले ल्याप्टप र स्कुटर प्राप्त गर्नेछन् ।

अफरको लागि प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम् दुई कारोबार पूरा गरेको हुनुपर्नेछ ।

स्मार्ट वाच, ट्राभल प्याकेज र हवाई टिकटमा १०० प्रतिशत क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले एक हप्ताको अवधिमा कम्तीमा एउटा कारोबार गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, दैनिक अफरहरू जस्तै रु. ५०० वालेट ब्यालेन्स, एक जीबी डाटा प्याक र रु. १०० क्यासब्याक भने नयाँ प्रयोगकर्ताहरूका लागि भएको ‘नमस्ते पे’ले जनाएको छ ।

यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले ‘नमस्ते पे’ एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्ने हुन्छ ।

‘नमस्ते पे’ नगदरहित समाज निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने ध्येयका साथ शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेटको मुख्य उद्देश्य रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्