
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
गुल्सन झाले आफ्नो स्पेलको पहिलो बलमै विकेट दिलाएका हुन् । ६ बल खेलेका जोनसन चार्ल्स रनको खाता नखोली आउट भए ।
यसअघि करण केसीको बलमा कुशल भुर्तेलले उत्कृष्ट क्याच लिएपछि वेस्टइन्डिजका ओपनर केल मयेर्स १ रनमा आउट भएका थिए ।
जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर वेस्टइन्डिजले पहिले ब्याटिङ गरिरहेको हो ।
यो समाचार तयार पार्दासम्म वेस्टइन्डिजले ४ ओभर १ बलमा ९ रन जोडेर २ विकेट गुमाएको छ ।
प्रतियोगितामा नेपालले तेस्रो खेल खेलिरहेको हो । वेस्टइन्डिजले भने यसअगाडि एक खेल मात्र खेलेको छ।
नेपाल एक हार र एक जीतसहित समूहको तेस्रो र एक जीतसहित वेस्टइन्डिज दोस्रो स्थानमा छन् ।
नेपाल र वेस्टइन्डिज पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।