२१ जेठ २०८३, बिहीबार
अलपत्र प्रयोगशाला भ्यान

सरकारी सम्पत्ति दुरूपयोगको नमूना: प्रयोगै नगरी कबाड बने २८ करोडका भ्यान

असार ७, २०८०
काठमाडौं

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअगाडि एकैनासका चारवटा भ्यान राखिएका छन् । झट्ट हेर्दा यी भ्यान निकै पुराना र कबाडजस्ता देखिन्छन् ।

भ्यानको टायरमा हावा फुस्किएको छ । रंग उडेको छ । अक्षरहरू बुझिने अवस्थामा छैनन् । खिया देखिन थालेको छ । गाडीवरिपरि झाडी भइसकेको छ ।

यो दृश्य हेर्दा गाडी कबाड बन्दै गरेको भन्न हिच्किचाउनु पर्दैन । तर, यी भ्यानहरू कबाड बन्नुपर्ने अवस्थाका भने हैनन् । यीमध्ये अधिकांश प्रयोग नै भएका छैनन्, नयाँमा नै कबाड बन्न लागेका हुन् ।

null

भ्यानलाई विभागले नै यस्तो अवस्थामा पुर्‍याएको हो ।

खाद्य तथा पोषणको गुणस्तर परीक्षणका लागि विभागले २०७५ साल वैशाखमा प्रयोगशालाजडित भ्यानहरू खरिद गरेको थियो ।

खरिद गर्दा विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समान दुई–दुईवटा भ्यान प्रयोग गर्ने भनिएको थियो ।

null

शुरूआति केही महिना विभागले एउटा गाडी खाद्य परीक्षणका लागि उपयोग पनि गर्‍यो, तर दीर्घकालसम्म त्यसले निरन्तरता पाउन सकेन ।

भ्यान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यसलाई प्रयोग नगरी थन्क्याइयो ।

विभागले यी सवारी २८ करोड रुपैयाँमा प्रुडेन्ट सप्लायर्समार्फत खरिद गरेको थियो । प्रतिसवारी ७ करोडका दरले खरिद गरिएको हो ।

null

जम्मा ८० लाखमा गाडी किनेर प्रतिगाडी ६ करोड २० लाख भ्रष्टाचार भएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो ।

उजुरीमा ७ वटा गाडी किन्दा कुल २४ करोड ८१ लाख भ्रष्टाचार भएको आरोप लगाइएको थियो । 

उक्त उजुरी सम्बन्धमा अनुसन्धानपछि अख्तियारले विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्ण तथा प्रुडेन्ट सप्लायर्सका प्रविन कुँवरसहित १३ जनाविरुद्ध २०७६ असार ५ गते मुद्दा दायर गर्‍यो ।

null

उक्त मुद्दामा विशेष अदालतले २०७९ वैशाख २५ मा अभियुक्तहरूलाई क्लिन चीट दिए पनि अख्तियार पुनरावेदन लिएर सर्वोच्च अदालत गएको छ ।

सर्वोच्चमा विचाराधीन मुद्दा तथा गुणस्तर परीक्षणको तरिका सप्लायर्सले नसिकाएकाले प्रयोगशाला सञ्चालनमा समस्या भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन् ।

‘पहिलो कुरा त यो मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन भएको छ,’ प्रवक्ता महर्जन भन्छन्, ‘त्यस्तै आयातकर्ताको तर्फबाट दिइनुपर्ने तालिम र ल्याब अपरेसनको जानकारी दिइएको छैन ।’

null

उनले सप्लायर्सलाई पटक–पटक ताकेता गर्दा पनि ल्याब प्रयोगबारे जानकारी नदिइएको गुनासो गरे । 

‘गाडी कुदाउने मात्रै यो योजनाको लक्ष्य होइन, त्यहाँ भित्र रहेका ल्याबका सामानहरू चलाएर खाद्य परीक्षण मुख्य काम हो,’ उनी भन्छन्, ‘जुन काम हामीले सिक्नै पाएका छैनौं ।’

विभागले थोरै मात्रै पहल गर्ने हो भने पनि यी प्रयोगशाला सञ्चालनमा आउने देखिन्छ । तर, विभागले आवश्यक पहलकदमी लिन सकेको देखिन्न ।

हेर्नुहोस्, भिडियो :

फोटो/भिडियो : विश्वास खनाल/लोकान्तर

salt training

कमेन्ट गर्नुहोस्