२४ जेठ २०८३, आइतबार
विश्वकप छनोट

विशाल लक्ष्य पछ्याएको नेपालको खराब शुरूआत, भीम र कुशल सस्तैमा आउट

असार ७, २०८०
काठमाडौं
विशाल लक्ष्य पछ्याएको नेपालको खराब शुरूआत, भीम र कुशल सस्तैमा आउट
फाइल फोटो

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले सस्तैमा २ विकेट गुमाएको छ ।

४ ओभर २ बलमा २३ रनको स्थितिमा नेपालले २ विकेट गुमाएको हो । कुशल भुर्तेल ५ र भीम सार्की २ रन जोडेर आउट भए ।

हरारे स्पोर्ट्स क्लब जिम्बाब्वेमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोडेको थियो ।

बलिङमा आक्रामक शुरूआत गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल लक्ष्य पाएको हो ।

५३ रनमा ३ विकेट गुमाएको वेस्ट इन्डिजलाई शाइ होप र निकोलश पुरनले शतकीय योगदान गर्दै विशाल स्कोरमा पुर्‍याएका थिए ।

कप्तान होप १३२ र पूरन ११५ रन बनाएर आउट भए ।

नेपालका लागि ललित राजवंशीले ३ तथा  करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

प्रतियोगितामा नेपालले तेस्रो खेल खेलिरहेको हो । वेस्टइन्डिजले भने यसअगाडि एक खेल मात्र खेलेको  छ।

नेपाल एक हार र एक जीतसहित समूहको तेस्रो र एक जीतसहित वेस्टइन्डिज दोस्रो स्थानमा छन् ।

नेपाल र वेस्टइन्डिज पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्