१२ असार २०८३, शुक्रबार

कपिलको शोमा फर्किन्छन् त असगर अली ?

कात्तिक २०, २०७४
कपिलको शोमा फर्किन्छन् त असगर अली ?

काठमाडौं, २५ भदौ — द कपिल शर्मा शोबाट बिदा भएका चर्चित हास्यकलाकार अली असगर छिट्टै नै लिप सिङ ब्याटल नामक टीभी शो होस्ट गर्दैछन् ।


रमाइलो त के भने कपिलको शोमा महिला पात्र गर्दागर्दा हैरान भएर छोडेको भन्ने अली यसमा पनि महिलाकै रूपमा देखिनेछन् । उनको पात्रको नाम फराह खान हुनेछ ।

वास्तविक फराह खान जो नृत्य निर्देशक र फिल्म निर्देशक हुन्, उनी पनि शोमा हुनेछिन् ।

शोको उद्घाटनमा अलीले कपिल शर्माका बारेमा पनि खुलेर कुरा गरे । उनका अनुसार कपिलसँग उनको कुनै मनमुटाव छैन ।

उनले भने, ‘कपिलको शो फेरि प्रसारण हुँदा मलाई बोलाएछन् भने म अवश्य जान्छु ।’

उनले थपे, ‘हामी छुट्टिएका छैनौं । शो शुरु भएपछि हामी खुशी खुशी काम गर्नेछौं । म कपिलको सम्मान गर्छु । हामीहरूबीच कुराकानी भइरहन्छ । म जहिले पनि कपिलको भलो नै सोच्छु । म उनी छिट्टै ठीक होऊन् भनी ईश्वरसँग प्रार्थना गर्छु ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्