०२ असार २०८३, मंगलबार

फरर अंग्रेजी बोल्न सिकाउने सजिला टिप्स यी हुन्

कात्तिक २०, २०७४
फरर अंग्रेजी बोल्न सिकाउने सजिला टिप्स यी हुन्

काठमाडौं, २५ भदौ — आजकल अंग्रेजीको संसारभरि बोलबाला छ । अंग्रेजी नजानेको मानिसलाई काम गर्न गाह्रो पर्छ ।


आफ्नो मातृभाषाका साथसाथै अंग्रेजीको पनि ज्ञान हुँदा जीवन सहज हुन्छ ।

अंग्रेजी भाषा सिकाउने धेरै पुस्तक पाइन्छन् तर किताब पढेर मात्र हुँदैन, अभ्यास पनि उत्तिकै जरूरी छ ।

टिप १
तपाईं जति कोशिश गरेपनि राम्रो अंग्रेजी बोल्न सकिरहनुभएको छैन भने यो मनोवैज्ञानिक कारण हुनसक्छ । अंग्रेजीलाई तपाईंले धेरै कठिन ठानेको कारण तपाईंको ध्यान सिक्नमा जान नसकेको हो । त्यसैले तपाईं अंग्रेजी सामान्य भाषा हो, म सजिलै सिक्न सक्छु भन्ने विचार लिनुपर्छ ।

टिप २
अंग्रेजी सिक्नका लागि हलिउडका फिल्महरू प्रशस्त हेर्ने गर्नुपर्छ । अनि अंग्रेजी पत्रिका पनि पढ्ने गर्नुपर्छ । शुरुमा त तपाईंलाई बुझ्न गाह्रो पर्ला तर दिनदिनै अलिअलि पढ्दै र हेर्दै जाँदा अंग्रेजीका शब्दहरू तपाईं बुझ्न थाल्नुहुनेछ । अनि तपाईंको ध्यान सिक्नतिर जानेछ ।

टिप ३
कुनै पनि भाषा जान्नका लागि त्यसका शब्दहरूलाई बुझ्नु जरूरी हुन्छ । तपाईं दैनिक जीवनमा प्रयोग हुने कुरालाई अंग्रेजीमा के भन्छ होला भनी पत्ता लगाउनुस् । अनि दिनदिनै पत्रिका पढ्दा वा फिल्म हेर्दा पाँच नयाँ शब्दहरू नोटबूकमा टिप्नुस् । ती शब्दको अर्थ शब्दकोशमा हेर्ने गर्नुस् । दिनदिनै तपाईंको शब्द बढ्दै जान्छन् ।

टिप ४
दिनदिनै अंग्रेजी पढेपछि सुनेपछि ऐनाअगाडि बसेर अंग्रेजी बोल्ने अभ्यास गर्नुस् । सोचेर र पढेर मात्र अंग्रेजी सिकिँदैन किनकि तपाईंले अंग्रेजी बोल्नु पनि पर्छ । दिनदिनै पढेका केही वाक्यको आधारमा आफैंलाई एक विषय दिनुस् अनि पाँच मिनेट ऐनाको अगाडि बसेर बोल्ने कोशिश गर्नुस् । शुरुमा त गाह्रो हुन्छ तर निरन्तर प्रयत्न गरिरहनुस् ।

टिप ५
आफ्ना निकटका साथीहरूसँग अंग्रेजीमा कुरा गर्न थाल्नुस् । उनीहरूको पनि अंग्रेजी तपाईं सँगसँगै सुध्रिन्छ । साथीहरूसँग कुरा गर्दा लाज र डर हुँदैन ।

अनि शुरुमै कोही पनि पर्फेक्ट हुँदैन । सिक्दै जाँदा पर्फेक्सनको नजिक पुगिने हो । त्यसैले नआत्तिनुस्, धैर्यपूर्वक सिक्दै जानुस् । लेट्स स्टार्ट ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्