०४ असार २०८३, बिहीबार

क्यानडामा धुर्मुस सुन्तलीलाई १० लाखसहित सम्मान

कात्तिक २०, २०७४
क्यानडामा धुर्मुस सुन्तलीलाई १० लाखसहित सम्मान
तराईमा बाढीका कारण पीडित बनेका तराईबासीहरुका लागि एकीकृत नमुना बस्ती निर्माणका लागि सहयोग जुटाउन क्यानडा पुगेका चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ लाई क्यानडाको क्यालगेरीमा डाँफे स्पोर्टस क्लब र क्यालगोरीका युवाहरुको सक्रियतामा १० लाख रुपैया नगद सहित सम्मान गरिएको छ ।

सामाजिक अभियान्ता बन्दै दुखी, पिडित र असाहायहरुका लागि निरन्तर सामाजिक काममा सक्रिय रहेको भन्दै धुर्मुस सुन्तलीलाई उक्त सम्मान गरिएको हो ।

क्यानडाको क्यालगेरीमा रहेको मंगोलियन ब्याङ्क्वेटमा आयोजना गरिएको कार्यक्रममा धुर्मुस सुन्तलीलाई डाँफे स्पोर्टस क्लब र क्यालगेरीमा बसोवास गर्ने युवाहरुको संयुक्त प्रयासमा उक्त सम्मान गरिएको हो ।

धुर्मुस सुन्तलीले गरेका सामाजिक कामहरुको प्रशंसा गदैं आयोजक डाँफे स्पोर्टस क्लबले कार्यक्रम स्थलमा बाढी पिडितका लागि निर्माण गर्न लागिएको एकीकृत नमुना बस्तीका लागि डोनेशन बक्स समेत राखेको थियो । उक्त डोनेशन बक्सबाट ४ हजार ४ सय २३ डलर सहयोग संकलन भएको र कार्यक्रमबाटै नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगेरीले ५ हजार डलर, किराँत याक्थुम चाम्लुङ्गले ७ सय डलर, याक्थुम चुम्लुङ्गले ५ सय डलर, डाँफे स्पनेर्टस क्लबले १ हजार डलर र स्थानिय म्युजिकल ब्याण्ड यात्री ब्याण्डले ३ सय डलर सहयोग प्रदान गरेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिएका छन् । क्यालगेरीमा आयोजना भएको कार्यक्रमको सहयोगी संस्थाहरुमा नेपलिज कम्युनिटी सेसाईटी अफ क्यालगेरी, सि.एन.सी.ए. क्यालगेरी र किँरात याक्थुम चाम्लुङ्ग रहेका थिए ।

बाढी पिडित तथा नमुना नेपालको सहयोगार्थ सहयोग संकलनका लागि क्यानडा पुगेका धुर्मुस सुन्तलीलाई कार्यक्रम सकिएपछि करिब १ घण्टा भन्दा बढी दर्शकहरुले फोटो खिच्नमै ब्यस्त बनाएका थिए । ६ सय सिट क्षमता भएको हलमा ८ सय भन्दा बढी दर्शकको उपस्थित रहेको आयोजकले बताएको छ ।

उता दर्शकहरुको उत्साहजनक उपस्थिती र मायाले धुर्मुस निकै खुसी र भावुक समेत बने । उनले टेलिफोन सम्पर्कमा क्यानडामा रहेका नेपालीहरुको उपस्थिती हेर्दा धेरै भन्दा धेरै सहयोग संकलन हुने बिश्वास लिएको र बाढी पिडितहरुका लागि बन्ने एकीकृत नमुना बस्ती बन्नको लागि सहज हुने समेत बताए ।

‘हामीले क्यानडाबाट केही सहयोग संकलन गर्ने भन्ने सोचेका थियौं, तर यहाँ दर्शकको उपस्थितीले झनै ठुलो आशा दिएको छ’ फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले भनिन् ‘क्यानडाको क्यालगेरीमा रहनुभएका नेपालीहरुको माया र साथले सामाजिक कामका लागि झनै ठुलो उर्जा मिलेको छ ।’

आज सम्पन्न कार्यक्रममा धुर्मुस सुन्तली संगैं अमेरिकामा रहेकि गायिका नलिना चित्रकारले समेत प्रस्तुती दिएकि थिईन् । आजको कार्यक्रम संगैं धुर्मुस सुन्तली अब लगातार क्यानडाको एममन्टन र टोरन्टोमा हुने धुर्मुस सुन्तली साँझका लागि त्यसतर्फ जानेछन् ।

salt training

कमेन्ट गर्नुहोस्