२८ जेठ २०८३, बिहीबार

सार्वजनिकस्थलमा राखिएका चुनाव प्रचार सामग्री हटाइयो

कात्तिक २०, २०७४
सार्वजनिकस्थलमा राखिएका चुनाव प्रचार सामग्री हटाइयो
लहान, २५ भदौ - निर्वाचन आयोगको निर्देशनमा आज साँझ सिरहाका विभिन्न स्थानबाट चुनाव प्रचार सामग्री हटाइएको छ ।local election

आगामी असोज २ गते २ नं प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले प्रचारप्रसार गर्ने उद्देश्यका साथ पूर्वपश्चिम राजमार्ग छेउछाउमा राखिएको चुनाव प्रचार सामग्री स्थानीय प्रशासनले हटाएको हो ।

निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा राखिएको चुनावप्रचार सामग्री हटाउन निर्वाचन आयोगले दिएको निर्देशनअनुसार लहानदेखि बन्दीपुरसम्म राजमार्ग छेउछाउको सार्वजनिक स्थलमा दल तथा स्वतन्त्र उम्मेदवारले राखेको चुनाव चिह्न अंकित झण्डा, ब्यानर, पम्पलेटलगायत सामग्री हटाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा दल तथा स्वतन्त्र उम्मेदवारहरुले प्रचारप्रसारका लागि भन्दै राखिएका झण्डा, ब्यानरलगायतले राजमार्ग क्षेत्र रंगीएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्