०३ असार २०८३, बुधबार

बुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न गृहमन्त्रीको चेतावनी

कात्तिक २०, २०७४
बुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न गृहमन्त्रीको चेतावनी
काठमाडौं, २५ भदौ— गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश नम्बर २ मा भयरहित तवरले चुनाव सम्पन्न गर्न सबै सुरक्षा व्यवस्था मिलाइसकेको बताउनु भएको छ । विगतको जस्तो बुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न पनि उहाँले चेतावनी दिनुभयो ।janardhan

सर्लाहीको बलरा नगरपालिका–८ गडहियामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘विगतको जस्तो मतपेटिका लुटेर जित्ने सपना देखेको भए त्यो सपना बिफल हुनेछ । बुथ कब्जा गर्न खोज्नेलाई नै सुरक्षा निकायले कब्जा गर्नेछन् ।’

मन्त्री शर्माले निर्वाचनमा निर्धक्क भएर स्वस्थ प्रतिस्पर्धा गर्न सबैलाई आग्रह गर्नुभयो । निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र धाँधलीरहित बनाउन सबै तयारी पूरा गरेको जानकारी पनि दिँदै गृहमन्त्री शर्माले भन्नुभयो, ‘शान्ति सुरक्षा व्यवस्थित र मजबुत गरिएको छ । चुनाव शान्तिपूर्ण हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्