१९ असार २०८३, शुक्रबार

सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय

असार १२, २०८०
काठमाडौं
सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय
फाइल फोटो

सरकारले सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार मन्त्रिपरिषद्ले रास्कोट नगरपालिका–६ कालीकोट, नरहरिनाथ गाउँपालिका–२ कालीकोट, राप्तीसोनारी गाउँपालिका–४ बाँके, रम्भा गाउँपालिका–३ पाल्पा, शितगंगा नगरपालिका–१३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका–५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने  निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्