०४ साउन २०८३, सोमबार

पहाड–तराई छुट्याउने सीमाङ्कन राम्रो होइन : महत

कात्तिक २०, २०७४
पहाड–तराई छुट्याउने  सीमाङ्कन  राम्रो होइन : महत
भीमदत्तनगर, २५ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले प्रदेश सीमाङ्कनका विषयमा प्रदेश नं ५ मा देखिएको विवाद सुल्झाउने जिम्मा सोही प्रदेशका नागरिकको रहेको बताउनुभएको छ । 

कञ्चनपुरको भीमदत्तनगरमा काँग्रेस कञ्चनपुरले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँल सीमाङ्कनका विषयमा आवश्यक परे सोही प्रदेशका नागरिकको जनमतसङ्ग्रह पनि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाड–तराई छुट्याउने गरी सीमाङ्कन गर्नु राम्रो विषय होइन ।”

उहाँले सरकारले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने मागसमेत गर्नुभयो । संसद्मा टेबल गरिएको संशोधन विधेयकमा निर्वाचनसम्बन्धी बुँदालाई छिटो पारित गरेर सरकार निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्