०४ साउन २०८३, सोमबार

कर्णालीको बजेटमाथि आजदेखि मन्त्रालयगत र निकायगत छलफल हुँदै

असार १३, २०८०
सुर्खेत
कर्णालीको बजेटमाथि आजदेखि मन्त्रालयगत र निकायगत छलफल हुँदै

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश सभासमक्ष पेश गरेको ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०८०’ माथि बुधवारदेखि मन्त्रालयगत र निकायगत छलफल शुरू हुँदैछ ।

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनको मंगलवार बसेको पन्ध्रौं बैठकमा सभामुख नन्दा गुरुङले बुधवारदेखि विषयगत मन्त्रालय तथा निकायगत रूपमा विधेयकमाथि दफावार छलफल हुने कार्यतालिका सार्वजनिक गरिन् ।

सार्वजनिक तालिकाअनुसार असार १३–१४ गतेसम्म भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

असार १५–१६ गतेसम्म आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालय, १७–१८ गतेसम्म आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेट तथा कार्यक्रममाथि छलफल गरिनेछ । 

असार १९–२० गतेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयको बजेट तथा कार्यक्रममाथि दफावार छलफल हुने जनाउँदै सभामुख गुरुङले प्रत्येक मन्त्रालयगत र निकायगत छलफल सकिएलगत्तै छलफलमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ योजनामन्त्रीले दिने कार्यसूची रहेको जानकारी दिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्