२३ असार २०८३, मंगलबार

बजेट पारितका पक्षमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न तीन दलको छुट्टाछुट्टै बैठक बस्दै

असार १३, २०८०
काठमाडौं
बजेट पारितका पक्षमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न तीन दलको छुट्टाछुट्टै बैठक बस्दै

सरकारले संसद्‌मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितका पक्षमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न सत्ता गठबन्धनमा रहेका तीन दलको छुट्टाछुट्टै बैठक बस्दै छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले बजेटबारे आज निर्णय गर्ने भएका हुन् । 

जसपा संसदीय दलको बैठक बुधवार (आज) बिहान १० बजे दल बस्दै छ । 

यस्तै जनमत पार्टीको संसदीय दलको बैठक पनि आजै बस्दै छ ।  जनमतले बैठक बसेर बजेटबारे निर्णय गर्ने छ । 

यस्तै बजेटप्रति असन्तुष्ट सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्न आजै बैठक बस्दै छ । एकीकृत समाजवादीको बैठक बिहान साढे १० बजे बस्ने तय भएको छ । 

सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने बजेटका पक्षमा मतदान गर्न यसअघि नै ह्वीप जारी गरिसकेका छन् । 

सरकारले आजै बस्ने प्रतिनिधि सभाको बैठकमा बजेट पारितको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्