०२ असार २०८३, मंगलबार

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

असार १३, २०८०
काठमाडौं
बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को पक्षमा मतदान गर्ने भएको छ । 

बुधवार बिहान संसद् भवनमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको उनले बताए । ‘आज बिहान प्रधानमन्त्रीसँग बसेर हामीले छलफल गरेका थियौँ । हामीले उठाएका कुराहरू सम्बोधन गर्ने भनेपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्