०८ असार २०८३, सोमबार
संसदमा प्रधानमन्त्री

शरणार्थी प्रकरणपछि बालुवाटार निल्न खोज्नेहरूमाथि कारवाही शुरू भएको छ– प्रधानमन्त्री

असार १३, २०८०
काठमाडौं
शरणार्थी प्रकरणपछि बालुवाटार निल्न खोज्नेहरूमाथि कारवाही शुरू भएको छ– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्‍कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानबाट सरकारले कानून र लोकतन्त्रको सर्वोच्चता स्थापित दाबी गरेका छन् ।

बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भने, 'उच्चपदस्थहरू र देशको एउटा वर्ग कानूनभन्दा माथि छ भन्‍ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण शुरू भएको छ।’

प्रधानमन्त्रीले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने दाबी गरे ।

उनले हिजोबाट प्रधानमन्त्री निवास (बालुवाटार) नै निल्न खोज्ने ललितानिवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी तथा सहकारीका ठगहरूमाथि पनि कारवाही शुरू भइसकेको बताए ।

वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईंमा आफूलाई संसद् र जनताको अझ धेरै समर्थन चाहिएको उनको भनाइ थियो ।

‘बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र । म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डुंगुर भत्काइछाडिनेछ । लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ, ’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्