३१ असार २०८३, बुधबार

आगन्तुक सहकारीविरुद्ध ५० भन्दा बढी उजुरी, अध्यक्ष घर्ती पक्राउ

असार १३, २०८०
बुटवल
आगन्तुक सहकारीविरुद्ध ५० भन्दा बढी उजुरी, अध्यक्ष घर्ती पक्राउ

बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती पक्राउ परेका छन् । बचकर्ताको रकम अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्कविहीन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधवार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सहकारीका बचतकर्तालाई रकम नदिएको भन्ने उजुरीका आधारमा घर्तीलाई पक्राउ गरिएको बताए ।

थप अनुसन्धान भइरहेको डीएसपी अर्यालको भनाइ छ ।

घर्तीविरुद्ध ५० भन्दा बढी बचतकर्ताले प्रहरीमा निवेदन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्