०३ असार २०८३, बुधबार

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

असार १३, २०८०
काठमाडौं
सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र संयुक्त राष्ट्र संघका उपमहासचिव जिन पिर्रे लाक्रोइक्सबीच शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटको क्रममा संयुक्त राष्ट्र संघ र सशस्त्र प्रहरी बल नेपाल बीचको सहकार्य र समन्वयलाई आगामी दिनहरूमा अझ बढी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । 

सशस्त्र प्रहरी बलको मुख्यालयमा बुधवार भएको भेटवार्ताका क्रममा उपमहासचिव जिन पिर्रेले शान्ति स्थापनाको लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । 

सो अवसरमा महानिरीक्षक अर्यालले संयुक्त राष्ट्रसंघको झण्डामुनी रहेर मानवअधिकार तथा मानवीय कानूनको पालना गर्दै शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल प्रतिवद्धताका साथ परिचालित रहेको बताए ।

null


चार दिने नेपाल भ्रमणमा रहेको उपमहासचिव लाक्रोइक्सले यसअघि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्