२९ असार २०८३, सोमबार

आज मदन जयन्ती मनाइँदै

असार १४, २०८०
काठमाडौं
आज मदन जयन्ती मनाइँदै

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसर आज बिहीवार ७२औं जन्मजयन्ती मनाइँदैछ ।

नेकपा एमाले पार्टी र सम्बद्ध संघसंगठनले विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् ।

जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् ।

कार्यक्रममा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण हुनेछ । 

विक्रम संवत् २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्