२५ असार २०८३, बिहीबार
विश्वासको मत लिँदै मुख्यमन्त्री

मध्यावधिमा जाने खतरा देखाउदै कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

असार १४, २०८०
काठमाडौं
मध्यावधिमा जाने खतरा देखाउदै कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए मुलुक मध्यावधिमा जाने दाबी गरेका छन् । बिहीवार प्रदेशसभामा विश्वासको मत माग्दै कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभाबाट नयाँ सरकार बन्न नसक्ने दाबी गरेका हुन् । 

सरकार समर्थित दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । 

माओवादी केन्द्रको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । केन्द्रमा समीकरण फेरिएसँगै प्रदेश सरकार अप्ठ्यारोमा परेको थियो । 

मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले संघीयताको औचित्य पुष्टि हुनेगरी काम गरिरहेको दाबी गरे । विश्वासको मतमाथिको छलफलमा माओवादी केन्द्रका इन्द्र आङवोले अहिलेको अवस्थामा विश्वासको मत दिन नसकिने बताए । 

नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले विश्वासको मत नदिने बताए । 

छलफल सकिएपछि प्रदेशमा आजै मतविभाजन हुँदैछ । मुख्यमन्त्री कार्कीलाई विश्वासको मतका लागि राप्रपा बाहेक अन्य एक जना सांसदको समर्थन जरुरी छ ।

४७ सांसदको समर्थन चाहिनेमा एमालेसँग ४० र राप्रपाका ६ सांसद छन् । विश्वासको मतका लागि कार्कीले एक सांसदलाई फ्लोर क्रस गराउनु पर्ने अवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्