०९ साउन २०८३, शनिबार

एमालेलाई एकीकृत समाजवादीका सचिवको जवाफ– हामीलाई त पार्टी नै मिसाउन मन छ

असार १४, २०८०
काठमाडौं
एमालेलाई एकीकृत समाजवादीका सचिवको जवाफ– हामीलाई त पार्टी नै मिसाउन मन छ
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले एमालेसँग एकता गर्न आफूहरू तयार रहे पनि निरन्तर पेल्ने काम भएको गुनासो गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतका लागि राखेको प्रस्ताव सम्बन्धमा बिहीवार प्रदेशसभामा भएको छलफलमा भाग लिँदै कार्कीले आफूहरूको मन अझै एमालेमै रहेको बताएका हुन् ।

'सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ । त्यही पार्टीकै झण्डा बोकेर ढुंगामुढा गरेको देखिन्छ । पार्टी छाड्न हामीलाई मनै थिएन,' राईले भने, 'हामीलाई त खेदेर, पिना बनाएर, पिना पनि पेलेर तेल निकाल्न खोजको हो ।'

उनले आफूहरूलाई पेल्न  छाडे विश्वासको मत मात्र हैन, पार्टी नै मिसाउन तयार रहेको बताए । तर, आवश्यक पर्दा मात्र सम्झिएको उनको गुनासो छ ।

'कहिलेकाहीँ भोट चाहिएको बेला 'भोटे माया' हरर जागेर आउँदो रहेछ, त्यस्तो बेलामा हामी एउटै पार्टीबाट छुटेको, भोलि पनि मिल्ने हो भन्ने कुरा आउँदो रहेछ,' उनले थपे ।

पार्टीको प्रदेश संसदीय दलका नेता समेत रहेका राईले अहिलेको अवस्थामा विश्वासको मत दिन नसकिने उल्लेख गरे ।

हिक्मत कार्की नेतृत्वको एमाले सरकारलाई १ मत अपुग छ । एकीकृत समाजवादीका ४ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्