
विश्व फूटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल १ स्थान तल झरेको छ ।
फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औं स्थानमा झरेको हो । यसअघि नेपाल १७४औं स्थानमा रहेको थियो ।
दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औं स्थानमा छ । माल्दिभ्स १५४औं स्थानमा यथावत रहँदा भूटान १ स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ ।
बंगलादेश १९२औं स्थानमा यथावत छ भने पाकिस्तान २०१औं स्थानमा झरेको छ । श्रीलंका २०७औं स्थानमा छ ।
विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ । ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौं स्थानमा छन् ।