
काठमाडौं, २६ भदौ, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
राप्रपा प्रतातान्त्रिकका तर्फबाट सरकारमा थप गरिएका तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा बीच नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका तर्फबाट मन्त्री बनेका दीपक बोहरा, विक्रम पाण्डे र सुनीलबहादुर थापालाई क्रमश वित्रान तथा प्रविधि, वन र उद्योगमन्त्रीको रुपमा शपथ ग्रहण गराएकी हुन् ।
उद्योग राज्यमन्त्रीमा रेशम लामाले पनि आजै शपथ लिने कार्यक्रम छ ।
देउवाले मन्त्रीमण्डलको विस्तार गरेसँगै उनको मन्त्रिपरिषद ५४ सदस्यीय भएको छ ।