![लुम्बिनीमा यसरी मनाइयो धान दिवस [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/ropai3_IGucPlPwlq.jpg)
२०औं राष्ट्रिय धान दिवस देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ । यो वर्ष ढिलो पानी परेकोले बल्ल तराईं क्षेत्रमा रोपाइँ शुरू भएको छ ।

लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरूले पनि धान दिवस मनाएका छन् । लुम्बिनी प्रदेशमा १५ गतेसम्म जम्मा ११ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । सिंचाइ सुविधाको अभाव र समयमा वर्षा नहुँदा धान रोपाइँको अवस्थामध्ये असारसम्म निराशाजनक देखिएको हो ।

लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफल जग्गामध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

गत वर्ष असार १४ गते ३२.७१ प्रतिशत धान रोपाइँ भएको थियो भने २०७८ को असार १४ सम्म करिब ४६ प्रतिशत रोपाइँ भएको कृषि तथा भूमि मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार यस वर्ष असार १४ गतेसम्म ११.०९ प्रतिशतमात्रै रोपाइँ भएको छ ।


तस्वीर : प्रकाश आचार्य