
विवेकशील साझा पार्टीले नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।
अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउनका लागि मानचित्र सार्वजनिक गरिएको पार्टीले जनाएको छ ।
इतिहासलाई आधार बनाएर सांस्कृतिक मानचित्र सार्वजनिक गरिएकाले राष्ट्रपतिदेखि सबैलाई यो नक्सा बुझाउने र राख्न आग्रह गर्ने विवेकशील साझाले जनाएको छ ।
भारतले अखण्ड भारतको नाममा सांस्कृतिक नक्सा सार्वजनिक गर्दा पनि सरकार मौन बसेको भन्दै साझाले इतिहासलाई सम्झाउन गौरवमय सांस्कृतिक मानचित्र तयार गरिएको दाबी गरेको छ ।
‘ऐतिहासिक नेपालको सांस्कृतिक मानचित्र’लाई नेपालको संसद, प्रशासनिक र सार्वजनिक कार्यालयहरूमा राखेर ऐक्यबद्धता जनाउन सरोकावाला सबैलाई पार्टीले अपील गरेको छ ।
