०३ साउन २०८३, आइतबार

रानी र प्रतापको स्वरमा ‘मेरो संसार’ सार्वजनिक

असार १५, २०८०
काठमाडौं
रानी र प्रतापको स्वरमा ‘मेरो संसार’ सार्वजनिक

गायिका रानी शाक्य र गायक प्रताप दासको युगल स्वरमा ‘मेरो संसार’ बोलको गीत सार्वजनिक भएको छ । 

शुक्रवार सार्वजनिक यो गीतमा विना भट्टराईको शब्दमा तथा मिन गुरुङको संगीत छ । यो रोमान्टिक गीतको भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय गरेका छन् । 

सुदितकै निर्देशन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, लुजव सिंहको छायांकन छ ।

प्रताप र रानीले तेस्रो पटक गायनमा सहकार्य गरेका हुन् । 

यसअघि यी दुईको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भइसकेको छ । ‘मेरो संसार’ गीतको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 

गायिका शाक्यको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्