३० जेठ २०८३, शनिबार
पप्पु पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक पूर्व सांसद रौनियार पक्राउ

असार १५, २०८०
काठमाडौं
पप्पु कन्स्ट्रक्सनका सञ्चालक पूर्व सांसद रौनियार पक्राउ

ठगी आरोपमा पूर्व सांसद समेत रहेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । 

जिल्ला अदालत बाँकेले जारी गरेको पक्राउ पुर्जीका आधारमा रौनियार काठमाडौंबाट पक्राउ परेका हुन् । 

काठमाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले रौनियार पक्राउ परेको लोकान्तरलाई जानकारी दिए । 

१ करोड ६५ लाख ठगी गरेको भन्दै उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो ।

क्रसर तथा निर्माणसम्बन्धी सामग्रीको रकम नतिरेको भन्दै रौनियारविरुद्ध ठगी मुद्दा परेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले लोकान्तरलाई जानकारी दिए । 

पप्पु कन्स्ट्रक्सनले बर्दियामा बनाउँदै गरेको पुल केही समयअघि भत्किएको थियो । पुल बनाउन माग गर्दै कांग्रेस सांसद सञ्जय गौतम अनशन समेत बसेका थिए । 

रौनियार २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट सांसद बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्