२८ असार २०८३, आइतबार

भारतको ओडिशा रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

असार १५, २०८०
काठमाडौं
भारतको ओडिशा रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

भारतको ओडिशा रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको अझै पहिचान हुन सकैको छनै । भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान नहुँदै चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रवार बताएका छन् ।

पूर्वी राज्य ओडिशामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो ।

अधिकांश मृतकहरूको पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डीएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो । कुल ८१ शवमध्ये २९ वटाको मात्र डीएनए नमूना मिलान गर्न सकिएको छ ।

ओडिशाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ ।

भुवनेश्वर महानगरपालिकाका मेयर सुलोचना दासले शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “धेरै दावेदारहरू थिए त्यसैले शव दिन सकिएन । उनले थपिन्, “नमूना दिल्ली पठाइएको थियो र २९ जनाको मात्र नमूना पुष्टि भएको छ । 

“पाँच परिवार शव लिन आएका छन् तर नमूना पुष्टि हुन सकेको छैन,”’ उनको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

“सरकारी आदेशअनुसार निर्वाध रहेका शवलाई मात्र दाहसंस्कार गर्नुपर्ने र तिनीहलाई सकेसम्म आफ्नो पैतृक क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने हुन्छ,” नगर प्रमुख दासले भनिन् ।

उनले भनिन्, “दाबी नगरिएका शवको पनि अन्त्येष्टि गरिनेछ । त्यसका लागि हामीले दुईवटा शवदाह गृह तयार पारेका छौं,” उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्