
२ दिनदेखि परेको अविरल वर्षाका कारण तिनाउ नदीमा ठूलो बाढी आएको छ ।
रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको भारी वर्षाले तिनाउमा जल सतहले सतर्कता तह पार गरेको छ ।
बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै पछिल्लो ३ घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको जनाएको छ ।
तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने स्थानमा हुनेहरू दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।