२८ असार २०८३, आइतबार

पूर्वमाओवादीहरू छलफलमा छौं, फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ : प्रचण्ड

असार १६, २०८०
काठमाडौं
पूर्वमाओवादीहरू छलफलमा छौं, फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ :  प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूसँग पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

शनिवार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले प्रचण्डले पूर्वमाओवादी शक्तिहरूसँग छलफल जारी रहेको बताएका हुन् ।

'हामीसँग इतिहास, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ,' उनले भने 'हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन । समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।'

माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने उनले बताए । 'माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ,' उनले भने, 'त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ। हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ ।'

 

salt training

कमेन्ट गर्नुहोस्