२५ जेठ २०८३, सोमबार
पहिरोले सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

असार १६, २०८०
काठमाडौं
नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध
फाइल तस्बिर

नारायणगढ–मुग्लिन  सडकखण्ड  पुन: अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 

आज (शनिवार) बिहान ११:३५ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३:१५ बजे सोही स्थानमा पहिरो खसेर बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनः पहिरो खसेर अवरुद्ध भएको हो ।  

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीवार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रवार बेलुकी ५ बजेदेखि खुलेको थियो । 

पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मर्कामा परेका छन् । सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्