
देशका आठ जिल्लामा गए रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासी, रूपन्देही, कपिलबस्तु, पाल्पा, स्याङजा, तनहूँ, अर्घाखाँची र दाङमा रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ ।
निरन्तर ठूलो पानी परेका कारण यी जिल्ला आसपास भई बग्ने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
बाढीसँगै यी आसपासका क्षेत्रका होचा स्थान डुब्न सक्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै महाशाखाले साँझसम्मै अति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
असार १६ दिउँसो१:२०
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 1, 2023
राती देखि #भारीबर्षा नवलपरासी,रूपन्देही,कपिलबस्तु, पाल्पा,स्याङजा,तनहूँ,अर्घाखाँची,दाङ र आसपास निरन्तर भएको,उक्त जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम,होचा स्थान डुब्न सक्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम,साँझ सम्मै अतिउच्च सतर्कता अपनाऔ@NDRRMA_Nepal pic.twitter.com/Tph8eHRdfk