२८ जेठ २०८३, बिहीबार

जापानमा बिरालोहरूका लागि विशेष रेल

कात्तिक २०, २०७४
जापानमा बिरालोहरूका लागि विशेष रेल

काठमाडौं, २६ भदौ — जापानका मानिसहरू बिरालोलाई धेरै माया गर्छन् । त्यही प्रेमका कारण आइतवारदेखि जापानमा बिरालोहरूका लागि विशेष रेलसेवा सञ्चालन गरिएको छ ।


जापानको ओगाकीमा आइतवार मानिसहरूले रेलवे अपरेटरसँग मिलेर एउटा लोकल ट्रेन चलाए । त्यसमा पहिलो दिन ४० यात्री चढे । यी ४० मध्ये ३० ले बिरालोका साथ यात्रा गरे ।

यस अवसरमा यात्रीहरूले बिरालोसँग खुबै मस्ती गरे ।

यो रेल चलाउनुको मुख्य उद्देश्य बिरालोको हत्या रोक्नका लागि मानिसहरूलाई जागरुक गराउनु हो । यसबाट हुने कमाइले शहरका बिरालोहरूको स्याहार गरिनेछ ।

पश्चिम जापानका एक यात्री मिकिको हयाशीले भने, ‘यो आयोजनले धेरै मानिस जागरुक हुनेछन् र बिरालोको हत्या रोक्नेछन् ।’

जापानमा बिरालोको संख्या लगभग १० लाख छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्