०३ असार २०८३, बुधबार

उत्तर कोरियाको आणविक परीक्षणले दक्षिणमा भय

कात्तिक २०, २०७४
उत्तर कोरियाको आणविक परीक्षणले दक्षिणमा भय


सोल, २६ भदौ–
दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

‘यो आणविक परीक्षण दक्षिण कोरियाका लागि आगामी कैयौँ बर्षहरुका लागि समेत एउटा ठूलो चुनौतीका रुपमा रहने छ,’ उनले भने ।

साथै आफ्नो देशको कूटनीतिक मात्र नभएर सुरक्षा चुनौतीका रुपमा पनि यो मुद्दा आगामी दिनमा झनै खतरनाक रुपमा आउने उनले बताए ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले गतहप्ता मात्र पनि एउटा शक्तिशाली परीक्षण गरेको थियो ।

उक्त परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी भएपछि यसले संसारमा नै ठूलो तनाव उत्पन्न गरेको छ । विश्वमा उत्तर कोरियाको सो परीक्षणबाट उत्पन्न परिस्थितिका बारेमा यतिबेला समीक्षा गरिँदैछ ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ् क्याङ्वाले सोमबार पत्रकार सम्मेलनका क्रममा सो धारणा राखेका हुन् । उनले उत्तर कोरियाको यस आणविक परीक्षणका कारण कोरियाली प्रायद्वीपमा ठूलो अशान्ति मच्चिएको बबताए ।

उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल बैज्ञानिकहरुसँग शनिबार राति रात्रिभोज गर्दै उक्त परीक्षणको सफलताका लागि उत्सव पनि मनाएका थिए ।

कोरियाली सरकारी सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार कोरियाली मिसाइल बैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिएका थिए ।

उहाँले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिनुभएको समाचारमा उल्लेख गरिएको छ । त्यसको एक दिनपछि दक्षिण कोरियाली विदेशमन्त्रीले यो चिन्ता व्यक्त गरेका छन् ।

उत्तर कोरियाले सन् २००६ बाट यो परीक्षण गर्दै आएको हो । गत हप्ता गरेको सो परीक्षण छैठौँ पटकको हो । तर यो नै अहिलेसम्मका सबै परीक्षाणहरुका तुलनामा सबैभन्दा बलियो हो भनिएको छ ।

संसारमा हतियारको खतरा पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा यो परीक्षण आएको टिप्पणी संसारमा भइरहेका बेला उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियाले पनि यो प्रतिक्रिया दिएको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्