
काठमाडौं, २६ भदौ– तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर दुईमा असोज दुईको निर्वाचन अगावै एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा र सर्लाहीको मलंगवा नगरपालिकामा वडा सदस्यमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
बारा जिल्लाको जितपुर–सिमरा उपामहानगरपालिका वडा नं २४ मा दलित महिला सदस्यमा आलमती देवी निर्विरोध निर्वाचित भएकी हुन् ।
त्यस्तै सर्लाहीको मलंगवा नगरपालिका वडा न १० मा सरिता देवीे दलित महिला वडा सदस्यमा निर्वाचित भएकी हुन् ।