
काठमाडौं, २६ भदौ — उमेर बढ्दै जाँदा मानिसहरूलाई अनेक किसिमको रोगले सताउँछ । तीस वर्ष कटेपछि मानिसको शरीरको रोगप्रतिरोधात्मक क्षमता घट्दै जान्छ र रोग लाग्ने सम्भावना बढ्छ ।

गलत जीवनशैली र तनावका कारण शरीरले अनेकथरी समस्या बेहोर्नुपर्छ । त्यसैले ३० वर्ष पुगेका मानिसले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ र शरीरको राम्रो जाँच गराउनुपर्छ । आउनुस् जानौं ३० कटेका मानिसलाई कुन रोगको खतरा हुन्छ :
मुटुको समस्या
आजकलको व्यस्त जीवनशैलीका कारण मानिसहरू तनावमा हुन्छन् र उनीहरूलाई मुटुरोग लाग्छ । कम उमेरका मानिसलाई नै हृदयघात भइरहेको छ अचेल । त्यसैले मुटु जँचाउन गइहाल्नुस् ।
उच्च रक्तचाप
गलत खानपान र जंक फूडका कारण मानिसहरूमा उच्च रक्तचापको समस्या देखिन्छ । त्यसैले रक्तचाप चेक गराइरहनुहोला ।
कलेजो
रक्सी चुरोट र फास्टफूड धेर खाँदा कलेजोमा दबाब पर्छ जसका कारण अनेक समस्या आइलाग्छ ।
मिर्गौला
अस्वस्थ खानेकुराका कारण मिर्गौलानजिक विषालु पदार्थ जम्मा हुन्छन् जसले गर्दा मिर्गौलामा पत्थरी लाग्ने र फुल्ने समस्या हुन्छ ।
मधुमेह
राति ढिलोसम्म बसिरहने, व्यायाम नगर्ने र अत्यधिक गुलियो कुरा खाने मानिसहरूलाई मिगौंलामा समस्या आउँछ । तीस कटेकाहरूले मधुमेहको जाँच अवश्य गराउनुपर्छ ।
पिसाब संक्रमण
मिर्गौलाबाट विषालु पदार्थ बाहिर निस्केनन् भने पिसाबको संक्रमण हुन्छ ।
पेटसम्बन्धी रोग
गलत खानपान र अनियमित खानाका कारण पाचन प्रक्रिया खराब हुन्छ । यसले गर्दा एसिडिटी, कब्जियत र पेट दुख्ने लगायतका समस्या आइलाग्छन् ।
एजेन्सी