
नेपालमा अहिले बेकरी आइटको रुपमा चिनिएका केक, चकलेट, ब्रेड लगायत खानेकुराप्रति मानिसको आकर्षण बढ्दो छ । शहरमा मात्र हैन, गाउँमा पनि केक तथा ब्रेड खाने मानिसहरु उस्तै हुन्छन् ।
तर बनाउन विधि थाहा नपाउँदा केक, ब्रेड लगायत खानेकुरा खाने इच्छालाई मनमै सीमित गर्नुपर्ने बाध्यता छ । आज हामीले तपाईको भान्सामै उपलब्ध हुने सामग्रीबाट कसरी चकलेड ब्रेड बनाउने यहाँ बताउँदै छौं ।
सामग्रीएक कप सूजी, एक कप दही, ३–४ कप दूध, आधा कप धुलो चिनी, छोटो छोटो टुक्रामा काटिएको बादाम, काजू, ओखर, २ चम्मच कोको पाउडर, ४ चम्मच चकलेट पाउडर, एक चिम्टी नुन, एक चौथाई भेजिटेबल ओइल, अलैंचीको धुलो, ३–४ चम्मच बेकिङ्ग सोडा पाउडर ।
विधिएक कचौरामा सूजी तथा बाँकी सामग्री कोको पाउडर, चीनी, छोटो छोटो टुक्रामा काटिएको बादाम, काजू, ओखर राख्नुहोस् । राम्रोसँग मिसाएर यसमा दही, तेल र नुन हाल्नुहोस् । त्यसपछि दूध मिलाएर यसलाई नरम क्रिम बनाउनुहोस् । १५ मिनेटका लागि यसलाई छोडिदिनुहोस् । त्यसपछि यसमा सोडा र बेकिङ्ग पाउडर मिलाउनुहोस् । त्यसपछि पहिलदेखि नै गरम रहेको ओभनमा राखेर ३० मिनेटसम्मा राख्नुहोस्, सूजी चकलेट ब्रेड तयार हुन्छ ।