काठमाडौं, २६ भदौ– नेकपा एमालेले आफ्नो सांगठनिक संरचना पविर्तन गर्ने भएको छ । एमाले अब प्रादेशिक संरचनामा जाने छ ।
एमालेले देशभर १६५ निर्वाचन क्षेत्र अन्तर्गत प्रतिनिधिसभा सदस्य अनुसार प्रतिनिधिसभा कमिटी गठन गर्ने छ । उक्त समितिमा एकजना संयोजक हुने छ । उक्त कमिटीमा पहिलो (हाल कायम) क्षेत्रीय कमिटीका सदस्य स्वतः पर्नेछन् ।
गाउँपालिका र नगरपालिका स्तरीय कमिटी पनि गठन हुने छ । अब सबै जिल्ला कमिटी भंग हुने छन् । जिल्ला कमिटीलाई प्रादेशिक कमिटीमा समेटिने छ । प्रादेशिक समितिमा हाल कायम गाउँ र नगर कमिटीका सवै सदस्य स्वतः पर्नेछन् ।