०५ साउन २०८३, मंगलबार

राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख निकासा गरिदिन अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्र

असार १९, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख निकासा गरिदिन अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्र
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचारमा ५५ लाख २ हजार २७९ रुपैयाँ खर्च भएको रकम निकासा गरिदिनका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

२०८० वैशाख ६ गतेदेखि वैशाख १७ गतेसम्म पौडेलको दिल्लीमा भएको उपचार खर्च तथा श्री एयरलाइन्सको चार्टर्ड एयर एम्बुलेन्सको उडानमा समेत गरी ५५ लाख ४ हजार ६५४ रुपैयाँ खर्च भुक्तानीका लागि अर्थ मन्त्रालयको सहमति समेत भइसकेको भन्दै परराष्ट्रले अर्थलाई असार १८ गते पत्राचार गरेको हो ।

यसअघि स्वास्थ्य उपचारमा लागेको सम्पूर्ण खर्च राष्ट्रपति पौडेल स्वयंले नै व्यहोर्न चाहेको भनिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्