०३ असार २०८३, बुधबार

‘ट्राफिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’

असार १९, २०८०
काठमाडौं
‘ट्राफिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आजदेखि कोशी प्रदेशमा शुरु भएको ट्राफिक सप्ताह २०८० को उद्घाटन कार्यक्रममा उनले बर्सेनि हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गरे । उनले भने, “यातायात व्यवसायी, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला क्षेत्रबीच आपसी सहकार्य गरी काम गर्नसकेमा दुर्घटना कारण बर्सेनि हुने मानवीय र भौतिक क्षति रोक्न सकिन्छ ।”  
    
मुख्यमन्त्री कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भन्दै सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैंले गर्नुपर्ने कतिपय कार्य पनि गर्न नसकेको जानकारी दिए ।

null
    
अघिल्ला वर्षहरूको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनमा सुधार आएको दाबी गर्दै उनले भने, “आगामी वर्षमा थप सुधार हुने गरी काम गर्नुपर्छ ।” मुख्यमन्त्री कार्की आजै आरआरएन नामक एक गैरसरकारी संस्थाबाट सञ्चालित जलवायुजन्य विपद् जोखिमप्रति समुदायको उत्थानसील सुदृढीकरण परियोजनाको उद्‌घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपको जोखिम रहेको अवगत गराए । 
    
जलवायुजन्य विपद्अन्तर्गत बाढी र पहिरोको जोखिम बढीरहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पष्ट पारे । उनले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायले पूर्वतयारीमा बढी जोड दिनुपर्ने सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्