२७ असार २०८३, शनिबार

पशुपति मन्दिरमा श्रावणी मेला शुरु

असार १९, २०८०
विरगञ्ज
पशुपति मन्दिरमा श्रावणी मेला शुरु
फाइल फोटो

पर्साको वीरगञ्जस्थित पशुपति मन्दिरमा आजदेखि श्रावणी मेला शुरु भएको छ । मेलाको पहिलो दिन आज जलयात्रा गरेर मेलाको शुरुवात गरिएको छ ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मिक विधिबमोजिम पूजा गरी जल भरेर यात्राको शुरुवात गरेका थिए। 

घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको यात्रा नगर परिक्रमापछि मन्दिरमा पुगेर समापन भएसँगै मेला शुरु भएको हो । वीरगञ्ज महानगरपालिका र विश्व हिन्दू परिषद्को संयुक्त आयोजनामा पहिलो पटक जलयात्रा शुरु गरिएको हो । 

जल यात्राको शुरुवात गर्दै महानगर प्रमुख सिंहले वीरगञ्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन महानगर लागिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्