०८ साउन २०८३, शुक्रबार

माइतीघर मण्डलामा आज जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्दै जसपा

असार २०, २०८०
काठमाडौं
माइतीघर मण्डलामा आज जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्दै जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बुधवार जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्दैछ ।

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार काठमाडौंको माइतीघर मण्डलामा असार २० गते दिउँसो १ बजे घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिँदैछ । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता लगायत आमनागरिकलाई जातीय विभेद विरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीले आह्वान गरेको छ । 

कार्यक्रम पार्टी सम्बद्ध शिल्पी दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको संयुक्त आयोजनामा हुने जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्