०१ साउन २०८३, शुक्रबार

आज प्रतिनिधिसभा बैठक बस्दै

असार २०, २०८०
काठमाडौं
आज प्रतिनिधिसभा बैठक बस्दै
फाइल फोटो

प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

बैठक बुधवार दिउँसो ३ बजे बस्नेछ ।

बुधवारको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल हुने लगायत कार्यसूची तोकिएको छ ।

कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । 

विधेयकमाथि छलफल भएपछि संशोधनहरू निर्णयार्थ प्रस्तुत हुनेछ भने विधेयकलाई बुधवारै पारित गर्ने सम्भावित कार्यसूची छ ।
 

salt training

कमेन्ट गर्नुहोस्