२५ असार २०८३, बिहीबार

राजविराज आसपास भारी वर्षा, आज कहाँ-कहाँ छ बाढीपहिरोको जोखिम ?

असार २०, २०८०
काठमाडौं
राजविराज आसपास भारी वर्षा, आज कहाँ-कहाँ छ बाढीपहिरोको जोखिम ?

पछिल्लो तीन घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा भइरहेको छ । राजविराज र आसपासका नदी छेउछाउमा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

आज (बुधवार) इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला र आसपास भई बहने नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी क्षेत्रका नदी तथा स-साना खोलामध्ये केहीमा आकस्मिक बाढीको जोखिम रहेकोले नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

साथै रसुवा, काभ्रेपलान्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङजा, डोटी र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा कतै राति त कतै बिहानेदेखि निरन्तर वर्षा भइरहेको छ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्