०२ असार २०८३, मंगलबार

२५ लाख बढीको औषधिसहित एक जना पक्राउ

असार २०, २०८०
काठमाडौं
२५ लाख बढीको औषधिसहित एक जना पक्राउ

२५ लाख बढीको औषधिसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका-१२ बर्हविगहाबाट मंगलवार साँझ करिब २५ लाख २० हजार बराबरको डेन्टल औषधि बोकेको कारसहित एक जना भारतीयलाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा भारत घर बताउने २९ वर्षीय मो ईक्वाल रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बी.आर ३२ एक्यू १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामले नियन्त्रणमा लिएको हो ।

औषधि तथा कारसहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्